गोविन्द र मेलिनाको स्वर रहेको ‘ठेकीको मदानी’ गीत सार्वजनिक

गोविन्द र मेलिनाको स्वर रहेको ‘ठेकीको मदानी’ गीत सार्वजनिक

३ असार, काठमाडौं । 
गायक गोविन्द अर्यालको ‘ठेकीको मदानी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

उक्त गीतको आज ‘क्लासिक फ्रेम मुभिज’को आधिकारी युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो । उक्त गीतको गायिका मेलिना मैनाली तथा मोडल सुधीर श्रेष्ठ र सुपा खनाल रहेका छन् ।

 ‘ठेकीको मदानी’ बोलको गीतमा साजन पराजुलीले शब्द दिनुका साथै नारायण दङ्गालले सङ्गीत संयोजन गरेका हुन् ।

उक्त गीतको भिडियोमा सुदीप आचार्य र सुज्मा थापाको समेत अभिनय रहेको छ । सुरेश पाण्डेले कोरियोग्राफी गरेको उक्त भिडियोलाई महफुज अन्सारीले छायाङ्कन गरेका हुन् । सो गीतको भिडियो सुवास देवकोटाले सम्पादन गरेका हुन् । मोहन घिमिरे निर्माता रहेको उक्त भिडियो सुधन धितालको निर्देशनमा तयार पारिएको हो ।