ट्रेलरमा रणवीर र आलियाको 'ब्रह्मास्त्र'

ट्रेलरमा रणवीर र आलियाको 'ब्रह्मास्त्र'

३ असार, काठमाडौं । 
बलिउड अभिनेता रणवीर कपुर र आलिया भट्टको चलचित्र 'ब्रह्मास्त्र-पार्ट १'को ट्रेलर सार्वजनिक गरिएको छ । 

सार्वजनिक गरिएको ट्रेलरमा अभिनेता अमिताभ बच्चनको 'भ्वाइस ओभर'बाट सुरु भएको छ । ट्रेलरमा रणवीर र आलियाको रोमान्टिक केमेस्ट्री देख्न सकिन्छ । 

चलचित्रमा अक्किनेनी नागार्जुन र मोनी रोयसमेत फिचर्ड छन् । अयान मुखर्जीको निर्देशन रहेको यो चलचित्र आउँदो सेप्टेम्बर ९ तारिखमा रिलिज हुने भएको छ । 

'ब्रह्मास्त्र; हिन्दीसहित तामिल, तेलुगु, मलयालम र कन्नाड भाषामा रिलिज हुने बताइएको छ ।