‘प्रेमगञ्ज’ मा बोल्ड बेनिशा

‘प्रेमगञ्ज’ मा बोल्ड बेनिशा

४ फागुन, काठमाडौं । 
चलचित्र  ‘प्रेमगञ्ज’ को 'क्यारेक्टर लुक' पोस्टर सार्वजनिक भएको छ। सार्वजनिक पोस्टरमा अभिनेत्री बेनिशा हमाल बोल्ड अवतारमा देखिएकी छिन्।

निर्माण टिमले नायिका बेनिशा हमाललाई ‘मैना’को रुपमा प्रस्तुत गर्दै फिल्म ‘प्रेमगञ्ज’को क्यारेक्टर पोस्टर सार्वजनिक गरेको हो । 

परिच्छेद सेनको लेखन तथा निर्देशन रहेको फिल्म आउँदो जेठमा सार्वजनिक गर्ने निर्माण टिमको लक्ष्य छ । यही लक्ष्यअनुसार हाल पोस्ट प्रोडक्सनको काम भइरहेको निर्देशक परिच्छेद सेनले जानकारी दिए ।

सम्पादनको काम धमाधम भइरहेको र अवस्था अनुकुल भए जेठमा प्रदर्शन गर्ने गरी मिति हेरिरहेको परिच्छेदले बताए। 

यो चलचित्र तेज गिरीको डेब्यु चलचित्र हो । तेज पेसाले बैंकर हुन् । तेज र बेनिशाबाहेक चलचित्रमा सम्पदा बानियाँ पवन भट्टराई, सुप्रिया खनाल, राइडर प्रशान्त, सिमरन खड्का आदि कलाकारको अभिनय रहेको छ ।