१२ विधामा ओस्कार जितेको हलिउड चलचित्र 'जोकर'को सिक्वेल बन्ने
२७ जेठ, काठमाडौं ।
हलिउड चलचित्र ‘जोकर’को सिक्वेल बन्ने भएको छ । टड फिलिप्सको निर्देशनमा बनेको यो चलचित्रको दोस्रो सिक्वेलको टाइटल ‘जोकर स् फोलाइ अ ड्युक्स’ राखिएको हो ।
यस चलचित्रलाई फिलिप्स र स्कट सिल्भरले मिलेर लेख्ने भएका छन् । सन् २०१९ मा प्रदर्शनमा आएको जोकरले विश्व बक्स अफिसमा एक बिलियन डलर कमाइ गरेको थियो ।
यसै चलचित्रबाट अभिनेता फिनिक्सले उत्कृष्ट अभिनेताको अर्वाड सेमत जितेको थिए ।
यो फिल्म उत्कृष्ट फिल्म, निर्देशक र एडप्टेड पटकथासहितको १२ विधामा ओस्कार अवार्डमा मनोनीत भएको थियो ।
Facebook Comments