डा. केसीको समर्थन गर्दै आवासीय चिकित्सकद्वारा  सडक संघर्षको चेतावनी 

डा. केसीको समर्थन गर्दै आवासीय चिकित्सकद्वारा  सडक संघर्षको चेतावनी 
तस्विर सौजन्य : द हिमालयन टाइम्स

अनिल सापकोटा

माघ १०, काठमाडौं । संसदीय समितिले पारित गरेको विधेयक संशोधन हुनुपर्ने माग राख्दै १६ दिन अगाडी इलामबाट १६औ अनसन बसेका  गोबिन्द के. सी.को समर्थन गर्दै आवासीय चिकित्सकहरुले  सडक संघर्षको चेतावनी दिएका छन् । 

अनसनरत डाक्टर गोविन्द केसीका मागप्रति सरकार गैरजिम्मेवार रहेको र सत्याग्रह दमनमा लागेको भन्दै वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आवासीय चिकित्सकले आन्दोलन  सशक्त ढङ्गले अगाडी बढाउने बताएका छन् । 

डाक्टर के . सी को स्वास्थ्य अवस्था नाजुक बन्दै गएकाले  मंगलबार विज्ञप्ति जारी गर्दै राष्ट्रिय मानवअधिकार  आयोगले डा. केसीसँग सरकारले पटक पटक गरेको सम्झौताहरुमा गम्भीर हुँदै उनको जीवनरक्षाका लागि हरसम्भव प्रयास गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

 यता प्रधानमन्त्री लगायत सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका सांसदहरू विधेयक पास गर्ने पक्षमा छन् भने प्रमुख प्रतिपक्ष  नेपाली कांग्रेस डा. गोविन्द केसीसँग सरकारले गरेको सम्झौताअनुरूप नै विधेयक आउनुपर्ने माग गर्दै आइरहेको छ ।