मेडिसिटी अस्पतालमा उपचाररत कोरोना संक्रमित पुरूषको मृत्यु

मेडिसिटी अस्पतालमा उपचाररत कोरोना संक्रमित पुरूषको मृत्यु

काठमाडौं, २६ साउन ।
नेपाल मेडिसिटी अस्पतालमा उपचाररत १ जना पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

कंलकी निवासी ६४ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको ललितपुर जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।

गत साउन १९ गते निमोनिया भएर मेडिसिटी हस्पिटलमा भर्ना भएका पुरुषको सोमबार बिहान करिब साढे ५ बजे निधन भएको जनाइएको छ ।

संक्रमित कलेजोका र मधुमेहका बिरामी थिए ।