भारतीय पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई कोरोना संक्रमण

भारतीय पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई कोरोना संक्रमण

ऐजेन्सी, २६ साउन ।
भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई कोभिड–१९ को संक्रमण भएको छ ।

पूर्वराष्ट्रपति मुखर्जीले सामाजिक सञ्जालमार्फत आफूमा कोरोना संक्रमण भएको बताएका हुन् ।

उनले अन्य प्रयोजनका लागि आफु अस्पताल गएका बेला परीक्षण गराउँदा कोभिड-१९ पोजिटिभ देखिएकाले पछिल्लो साता आफ्नो सम्पर्कमा आएकाहरुलाई आइसोलेसनमा बस्न र कोभिड-१९ को परीक्षण गराउन समेत आग्रह गरेका छन् ।

भारतमा कोरोना संक्रमण दिनप्रतिदिन भयावह बन्दै गएको छ । भारतमा हालसम्म कोरोना भाइरसबाट संक्रमितको संख्या २२ लाख नाघेको छ भने  ४४ हजार भन्दा बढिको कोरोना संक्रमणमा कारण मृत्यु भएको छ ।