वैवाहिक जीवनबाट अलग भए साउथ सुपरस्टार धनुष र ऐश्वर्या

वैवाहिक जीवनबाट अलग भए साउथ सुपरस्टार धनुष र ऐश्वर्या

४ माघ, काठमाडौं।
साउथ सुपरस्टार धनुष र ऐश्वर्या रजनीकान्तले वैवाहिक जीवनबाट अलग हुने भएका छन् । 

सामाजिक सञ्जालका लेख्दै ऐश्वर्याले धनुषसँग अलगिने जानकारी  दिएकी हुन् । यता धनुषले पनि सामाजिक सञ्जालबाट आफूहरु अलगिने निर्णयमा पुगेको बताउँदै एकअर्काको गोपनियताको सम्मान गर्न आग्रह गरेका छन् ।

‘हामी १८ वर्ष सँगै रह्यौं । यो समय हामी साथी, आमाबाबु, जोडी र एकअर्काको साथी बनेर बस्यौं । यो यात्रामा हामीले अगाडि बढ्नका लागि एकअर्कालाई सम्झियौं र धेरै कुरा भयो । आज हाम्रो बाटो अलग्गिँदैछ । म र ऐश्वर्या एक जोडीका रुपमा अलग हुँदैछौं । हामी अहिले हरेक विषयलाई अलग–अलग किसिमले सम्झिने कोशिस गरिरहेका छौं । कृपया हाम्रो यो निर्णयको सम्मान गर्नुहोला र गोपनियताको अवसर दिनुहोला’, धनुषले लेखेका छन् ।

ऐश्वर्या, साउथ सुपरस्टार रजनीकान्तकी छोरी हुन् । उनीहरुले सन् २००४ मा विवाह गरेका थिए । 

उनीहरुको विवाह हुँदा धनुष २१ वर्षका र ऐश्वर्या २३ वर्षकी थिइन् । उनीहरुको दुई छोरा छन्, एकको नाम यात्रा राजा र अर्कोको नाम लिंगा राजा हो ।