दशैंका लागि अग्रिम टिकट बुकिङ असोज ५ देखि खुल्ने

दशैंका लागि अग्रिम  टिकट बुकिङ असोज ५ देखि खुल्ने

भदौ २६, काठमाडौं । 
दशैंका लागि आगामी असोज ५ गतेदेखि अग्रिम टिकट  बुकिङ खुल्ने भएको छ । 

यातायात व्यवस्था विभाग, यातायात व्यवसायी र ट्राफिक प्रहरीको बिहीबार काठमाडौंमा बसेको संयुक्त बैठकले अग्रिम बस टिकट खुला गर्ने निर्णय गरेको हो ।

बैठकमा यातायात व्यवसायीहरुले सडक तत्काल सुधार गर्न सरकारसँग माग गरेका छन् । दशैंका लागि दुर दराजसम्म यात्रु पुग्नुपर्ने भएकाले वर्षाले क्षति पुगेका सडक सुधारको कामलाई भने तत्काल अघि बढाउन सरकारसँग माग गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताए ।

दशैंमा यात्रुहरुलाई सहजताका साथ यात्रा गर्न आवश्यक व्यवस्था मिलाउन काठमाडौंमा मात्रै १४ स्थानमा नागरिक सहायता कक्ष स्थापना गर्ने तयारी पनि गरिएको छ ।