नेपाल-चीनबीच तीन समझदारी पत्रमा हस्ताक्षर

नेपाल-चीनबीच तीन समझदारी पत्रमा हस्ताक्षर

भदौ २३, काठमाडौं । 
नेपाल र चीनबीच तीन वटा समझदारी पत्रमा हस्ताक्षर भएका छन्।

सोमबार राजधानीको होटल याक एन्ड यतिमा भएको परराष्ट्र मन्त्रिस्तरीय बैठकमा ती तीन समझदारी पत्रमा हस्ताक्षर भएको हो।

परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र नेपाल भ्रमणमा रहेका चिनियाँ विदेश मन्त्री वाङ यीको उपस्थितिमा दुई देशका अधिकारीहरूले सम्झौता पत्र अदानप्रदान गरे।

समझदारी अनुसार चीनले हिमाल पारीको जिल्ला मनाङमा ३५ करोड ६० लाख रुपैयाँ लगानीमा अस्पताल बनाउने भएको छ। त्यस्तै, चिनियाँ पक्षले आपतकालीन सेवाका लागि गृह मन्त्रालयलाई ५ हजार टेन्ट उपलब्ध गराउने समझदारीमा पनि हस्ताक्षर भएको छ।

चीनले बाढी प्रभावित नागरिकलाई १ करोड ६० लाख रुपैयाँ सहयोग गर्ने समझदारी पनि भएको छ।