घुससहित पक्राउ परेका पूर्वसभासद कार्की भ्रष्टाचारी ठहर

घुससहित पक्राउ परेका पूर्वसभासद कार्की भ्रष्टाचारी ठहर

असार १७, काठमाडौं । 
पहिलो संविधानसभामा तत्कालीन नेकपा एमालेकातर्फबाट समानुपातिक सभासद बनेका डोलबहादुर कार्की ९डीबी०लाई सर्वोच्च अदालतले भ्रष्टाचारी ठहर गरेको छ ।

न्यायाधीशद्वय दीपककुमार कार्की र कुमार रेग्मीको संयुक्त इजलासले मंगलबार विशेष अदालतको फैसला सदर गर्दै कार्कीलाई भ्रष्टाचारी ठहर गरेको हो ।

विशेष अदालतले २०६७ सालमै कार्की र उनका सहयोगीलाई भ्रष्टाचारी ठहर गरी ६ महिना कैद र १ लाख जरिवाना हुने फैसला गरेको थियो । कार्कीले विशेषको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन दिएको भए पनि सर्वोच्चले मंगलबार उनलाई भ्रष्टाचारी ठहर गर्दै विशेष अदालतको फैसलालाई नै सदर गरेको हो ।

एकजनालाई प्रहरी निरीक्षक बनाइदिन्छु भन्दै कार्की र उनका सहयोगी स्वामी ब्रह्मानन्द उदासिनले एक लाख घुस लिँदै गर्दा २०६७ फागुनमा सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रंगेहात पक्राउ गरेको थियो ।