भ्वाइस अफ नेपालमा छानिए उत्कृष्ट १२ प्रतिस्पर्धी

भ्वाइस अफ नेपालमा छानिए उत्कृष्ट १२ प्रतिस्पर्धी

काठमाडौं, २१ असार । 
चर्चित गायन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ सिजन ३ मा उत्कृष्ट १२ प्रतिस्पर्धी छानिएका छन् ।

शनिवार सकिएको नकआउट राउण्डबाट चार जना कोचले उत्कृष्ट तीन–तीन जना प्रतिस्पर्धी छानेर लाइभ राउण्डमा लगेका छन् ।

उत्कृष्ट १२ प्रतिस्पर्धीमा टीम प्रमोदबाट किरण गजमेर, निहारिका ज्ञवाली र रवि गहतराज छानिएका छन् । टीम दीपबाट आर्यन तामाङ, गोभिन पुन र जेनिस राई छानिएका छन् । त्यसैगरी टीम राजुबाट बिजय ठाडामगर, सोनाम शेर्पा र तारा श्रीष छनौट भएका छन् । टीम तृष्णाबाट अफ्रिता खड्गी, ज्वाला राई र कर्णराज गिरीले छनोट भएका छन् । 

अब उत्कृष्ट १२ प्रतिस्पर्धी लाइभ राउण्डमा प्रवेश भएका छन् । 

अब लाइभ राउण्डका एपिसोडहरु प्रसारण हुनेछन् भने दर्शकका लागि भोटिङ राउण्ड पनि खुला हुने छ । अबका प्रतिस्पर्धी भोटका आधारमा अगाडी बढ्ने छन् ।