दक्षिण कोरियाली अभिनेत्री किमको निधन

दक्षिण कोरियाली अभिनेत्री किमको निधन

२२ पुस, काठमाडौं । 
दक्षिण कोरियाली चलचित्र उद्योगकी लोकप्रिय अभिनेत्री किम मी सूको आकस्मिक निधन भएको छ । 

चलचित्र ‘स्नोड्रप्स’ फेम अभिनेत्री किम ३१ वर्षको उमेरमा निधन भएको हो। सामाजिक सञ्जालमा उनको निधनको खबर आउनासाथ फ्यानमाझ शोकको लहर छाएको छ ।

उनको मृत्युको कारण अहिलेसम्म खुल्न सकेको छैन । उनको एजेन्सीले एक विज्ञप्ती जारी गर्दै अभिनेत्रीको निधनको पुष्टि गरेको छ । एजेन्सीले अभिनेत्रीको मृत्युको कारणलाई लिएर कुनै पनि अफवाहमा ध्यान नदिन वा त्यसको हिस्सा नबन्न आग्रह गरेको छ ।

अभिनेत्री किम चलचित्रमा दमदार अभिनयका लागि चिनिन्थिइन् । यसबाहेक उनी हालैको ‘स्नोड्रप’का कारण चर्चामा थिइन् ।