नेपाल आइडलमा निर्णायक मण्डल परिवर्तन

नेपाल आइडलमा निर्णायक मण्डल परिवर्तन

काठमाडौं, ५ भदौं । 
चर्चित गायन रियालिटी शो ‘नेपाल आइडल’का निर्णायक मण्डलका तीनै जना निर्णयक परिवर्तन भएका छन् । 

नेपाल आइडलले चौथो सिजनका लागि नयाँ निर्णायक आउने बताएको आयोजकले यसअघि नयाँ निर्णायकबारे खुलाएको थिएन् । अहिले डिजिटल अडिसन खुलेको चौथो सिजनका लागि निर्णायक मण्डलमा गायक शम्भूजित बाँस्कोटा, सुगम पोखरेल र शिवानी मोक्तान रहने भएका छन् । 

निर्णायक घोषणा कार्यक्रममा निर्णायकमा चुनिएपछि वरिष्ठ संगीतकार एवम् गायक शम्भूजित बास्कोटाले नेपाल आइडलमा आउँछु भन्ने आशा गरेको र पूरा भएको बताए ।  गायक पोखरेल र गायिका मोक्तानले पनि नेपाल आइडलसँग सहकार्य गर्न पाउँदा आफू खुशी भएको बताए । 

नेपाल आइडल सिजन ४ मा तीन जना निर्णायक सहित  कार्यक्रम सञ्चालकमा मोडेल रेश्मा घिमिरे पनि जोडिएकी छन् ।