प्रधानमन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

प्रधानमन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं, ३१ वैशाख। 
नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । 

आज शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई पद तथा गोपनीयताको शपथ गराएकी हुन् ।

प्रधानमन्त्री ओलीले बैशाख २७ गते प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न सकेका थिएनन् । त्यसपछि स्वतः पदमुक्त भएका ओली दलहरूलाई बहुमतको सरकार बनाउन राष्ट्रपतिले दिएको तीन दिनको समयमा कसैको दाबी नपरेपछि पुनः बिहीबार राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा ३ अनुसार प्रतिनिधिसभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् ।

ओलीले मन्त्रिपरिषद् पनि विस्तार गरेका छन् । सबै मन्त्री पुरानै दोहोरिएका छन् । नयाँ मन्त्रीहरुले पनि पद तथा गोपनीयताको शपथ लिएका छन् ।