धरानमा गोली प्रहार गरी लुटिए कर्मचारी
जेठ १२, धरान ।
सुनसरीको धरान उपमहानगरपालिकामा एक कर्मचारीमाथी अज्ञात समुहले गोली प्रहार गरी लुटपाट गरेको छ ।
मोरङको केराबारी गाउँपालिका ५ बाट धरान जाने क्रममा लुघवित्त संस्थामा कार्यरत शम्भुप्रसाद गच्छदार अज्ञात समूहबाट लुटिएका हुन् ।
अज्ञात समूहले चलाएको गोली लागेर बैंकका कर्मचारी शम्भुप्रसाद गच्छदार घाइते भएका छन् ।
गच्छदार लुटिएको स्थानमा केही गोलीका खोकासमेत भेटिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ ।
घटनबारे आवश्यक छानविन भैरहेको प्रहरीले जनाएको छ ।
Facebook Comments