सिइडिबी हाइड्रोपावरको आइपिओ बाँडफाँट, यसरी हेर्न सकिन्छ नतिजा

सिइडिबी हाइड्रोपावरको आइपिओ बाँडफाँट, यसरी हेर्न सकिन्छ नतिजा

काठमाडौं, ३१ वैशाख। 
सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले निष्काशन गरेको प्राथमिक शेयर (आईपीओ) बाँडफाँट गरेको छ। 

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो । सो आइपिओ २ लाख ३४ हजार १९५ जना आवेदकले पाएका छन्।  तीमध्येबाटै ४ जनाले ११ कित्ताका दरले पाएका छन् भने अरुले १० कित्ताका दरले पाएका छन्। 

कम्पनीको आईपीओमा १६ लाख ८५ हजार ६२७ वटा योग्य आवेदनबाट २ करोड ४६ लाख ४५ हजार ७३५ कित्ता शेयर माग भएको थियो । यो सर्वसाधारणलाई निष्काशन गरेको २३ लाख ४१ हजार ९५४ कित्ताको १०.५२ गुणा बढी हो ।

बाँकी १४ लाख ५१ हजार ४३२ आवेदकको हात रित्तो भएको छ भने ४ हजार ४४२ वटा आवेदन रद्द भएको छ।

कम्पनीले बैशाख १७ गते देखि २१ गते सम्म सर्वसाधारणका लागी जारी पूँजी ८३ करोड ९४ लाख १० हजार रुपैयाँको ३० प्रतिशतले हुने २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको २५ लाख १८ हजार २३० कित्ता साधारण शेयर निष्काशन गरेको थियो ।

यसरी हेर्न सकिन्छ नतिजा
सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी आईपिओ नतिजा मेरो शेयर, सिडिएसीको रिजल्ट हेर्ने साइट, कम्पनीको वेबसाइट  र बिक्री प्रबन्धकको वेबसाइटमा गइ नतिजा हेर्न सकिन्छ।