प्रविण र रचनाको स्वरमा ‘कुहिरोको घुम्टो ओडी’ म्युजिक भिडियो सार्वजनिक

प्रविण र रचनाको स्वरमा ‘कुहिरोको घुम्टो ओडी’ म्युजिक भिडियो सार्वजनिक

२२ चैत, काठमाडौं। 
प्रविण वेडवाल र रचना रिमालको श्वर रहेको ‘कुहिरोको घुम्टो ओडी’ गीत सार्वजनिक भएको छ । रोल्पाको रुण्टीगढी गाउँपालिकाले समग्र गाउँपालिकाकै परिचय झल्कने उक्त म्युजिक भिडियो सार्वजनिक गरेको हो । गाउँपालिकाका अध्यक्ष बालाराम बुढाले गीतलाई सोमबार एक कार्यक्रमका बिचमा विमोचन गरेका हुन् ।

गीतमा गाउँपालिका भित्रका पर्यटकिय स्थल, भेषभुषा, संस्कृतिको छायांकन गरिएको छ । म्युजिक भिडियोमा स्वर्गद्धारी महाप्रभुको जन्मस्थल रुण्टीगढीदेखि शिवपार्वती गुफालाई समेटीएको छ ।

त्यस अवसरमा अध्यक्ष बुढाले रुण्टीगढी गाउँपालिकाकै चिनारीका लागि गितको म्युजिक भिडियो निर्माण गरिएको बताए । गीतमार्फत पर्यटन प्रवद्र्धनमा महत्वपूणर् सहयोग पुग्ने बताउँदै उनले गितले गाउँपालिकाको चिनारी झल्कीएको बताए ।

उनले भौतिक विकाससंगै मानविय चेतनाको विकास पनि आवश्यक रहेको उल्लेख्य गर्दै गाउँपालिकाले निर्माण गरेको गितले दिर्घकालिनरुपमा समाज रुपान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।

गाउँपालिकाका पर्यटन फोकल पर्सन धु्रबप्रकाश मल्लको शब्द सिर्जना तथा बिबि अनुरागीको संगितमा गित निर्माण गरिएको हो । गाउँपालिकाले करिब ५ लाखको लागतमा म्युजिक भिडियो निर्माण गरेको हो ।

गीतलाई शुक्रबार युट्युवमा राखिने समेत गाउँपालिकाका पर्यटन फोकल पर्सन ध्रुब प्रकाश मल्लले बताए । फोकल पर्सन मल्लले शब्द लेखन गरेको उक्त गीतमा ध्रुब प्रकाश मल्ल, आरुसी मगर, लक्ष्मी थापालगायतले अभिनय गरेका छन्।