पुरानो श्रीपेच खोसिएपछि नेपहपको श्रीपेचुका विजेतालाई नयाँ मुकुट

पुरानो श्रीपेच खोसिएपछि नेपहपको श्रीपेचुका विजेतालाई नयाँ मुकुट

६ साउन, काठमाडौं । 
विजेताले पाएको श्रीपेच खोसिएपछि नेपहपको श्रीपेचुका विजेताले नयाँ मुकुट पाएका छन् । 

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले नेपहपका विजेता साइमन बिष्ट (भाइबर साइमन) लाई नयाँ श्रीपेच प्रदान गरेका हुन् । 

कार्यक्रमका निर्णायकसमेत रहेका प्रमुख साहले पञ्चधातुबाट निर्मित मुकुट प्रदान गरेका थिए । यसअघि ग्राण्ड फिनालेकै दिन प्रदान गरिएको श्रीपेच विवादमा परेपछि नयाँ निर्माण गरेर विजेतालाई प्रदान गरिएको हो । 

यसअघिको मुकुटप्रति बौद्ध धर्मगुरुहरुले आपत्ति जनाएपछि फिर्ता गरिएको थियो । कार्यक्रममा बोल्दै विजेता साइमनले नेपालको पहिलो र्‍याप रियालिटी शो जित्न पाउँदा खुशी लागेको बताए ।