फागुन १३ गते ‘प्रेम गीत ३’

फागुन १३ गते ‘प्रेम गीत ३’

९ मंसिर, काठमाडौं । 
युवायुवतीमाझ परिचित नायक प्रतिप खड्का अभिनीत चलचित्र  ‘प्रेम गीत ३’ आगामी फागुनमा सार्वजनिक हुने भएको छ । 

हिन्दी भाषामा समेत डबिङ  भएको उक्त चलचित्र आगामी फागुन १३ गते नेपालसँगै भारतमा पनि सार्वजनिक हुने चलचित्रका निर्माता सन्तोष सेनले जानकारी दिए।

२०० सय वर्ष अघिको प्रेम काहानीलाई पर्दामा उतारेको चलचित्र ‘प्रेम गीत ३’ स्वर्गीय छेतन गुरुङ र सन्तोष सेनले संयुक्त रुपमा निर्देशन गरेका हुन् । छेतेन गुरुङ र मन्दिप गौतमको लेखक रहेको चलचित्रका निर्माता सन्तोष सेन र सहनिर्माता कुमारसान शाह र ओएसआर डिजिटल रहेका छन् ।

फिल्ममा प्रदीप खड्का, कृष्टिना गुरुङ, सुनिल थापा, शिव श्रेष्ठ, सन्तोष सेन, माओत्से गुरुङ, प्रेम पुरी, नवनायक मनिष रावत, अनुभव रेग्मी, सुजल बस्नेत, सम्बृद्धि शाही ठकुरी, योगिसा खत्री, लक्ष्मी वर्देवा, क्रिजल गौतम लगायतका कलाकारको मुख्य भूमिका छ । 

हिन्दी भाषामा डबिङको काम भर्खर मात्र सकिएकाले उक्त चलचित्र नेपालमा सार्वजनिक हुन सकेको थिएन ।  चलचित्र  ‘प्रेम गीत ३’ हिन्दी भाषामा डबिङ बाहुबलीका प्रतिष्ठित कलाकारहरुले गरेको जनाइएको छ ।