चलचित्र ‘लाखे’ मा नायिका वर्षा अनुबन्धित

चलचित्र ‘लाखे’ मा नायिका वर्षा अनुबन्धित

२४ मंसिर,काठमाडौं । 
चलचित्र  ‘लाखे’ मा प्रमुख नायिकाको रुपमा नायिका वर्षा राउत अनुबन्धित भएकी छिन् । 

चलचित्रका लागि निर्देशक सम्राट बस्नेत र कार्यकारी निर्माता हरि मल्ल ठकुरीले बिहिबार वर्षासँग चलचित्रका लागि सम्झौता गरेका हुन् ।

चलचित्रको कथावस्तु चलचित्रको युनिट पनि मन परेपछि चलचित्रका लागि हस्ताक्षर गरेको नायिका राउतले बताइन् । उनको मुख्य भूमिका हुने जनाइएको चलचित्रमा अहिलेसम्मकै फरकपन देखिने राउतको दाबी छ । 

यस चलचित्रमा सौगात मल्ल, अनुपविक्रम शाही, आर्यन अधिकारी, अर्पण थापा, सुशील सिटौला, विजय बराल लगायतका मुख्य कलाकारको अभिनय देख्न सकिने छ । उद्यपी नायिका राउत पर्दामा को सँग जोडीका रुपमा देखिने कुरा भने निर्माण पक्षले खुलाउन चाहेन ।