फागुन २७ मा ‘आकासे खेती’

फागुन २७ मा ‘आकासे खेती’

२९ माघ, काठमाडौं । 
गौरव पहारी, विल्सन बिक्रम राई, रजनी गुरुङ् बुद्धि तामाङ्, नीता ढुङ्गाना, रविन्द्र झा, जयनन्द लामा लगायतको अभिनय रहेको चलचित्र  ‘आकासे खेती’ फागुन २७ गते रिलिज हुने भएको छ । 

नेपाल सरकारले सिनेमा हल फागुन १ गतेदेखि खोल्ने निर्णय गरेसँगै रिलिजको पर्खाइमा रहेका चलचित्रहरुले आफ्नो रिलिज मिति घोषणा र प्रचार प्रसार तीव्र बनाएका छन् ।

यसैबस्च चलचित्र ‘आकासे खेती’ को टीमले पनि ट्रेलर सार्वजनिक गर्दै फागुन २७ गते रिलिज हुने मिति घोषणा गरेको हो । 

ट्रेलरमा बिना मिहिनेत पैसा कमाउने सपना बोकेका तिब्बतियन शरणार्थीहरुको कथावस्तुमा केन्द्रित भएको छ ।

चलचित्रको लेखन र निर्देशन उदय सुब्बाले गरेका छन् । 

चलचित्रलाई केदार उप्रेती, जिवन सुब्बा, राजेन्द्र चोङबाङ, दिल प्रकाश यक्सोले निर्माण गरेका हुन् भने संवाद मुख्य कलाकार विल्सनको रहेको छ ।