हनी सिंहविरुद्ध उनकै श्रीमतिले दिइन् घरेलु हिंसाको उजुरी

हनी सिंहविरुद्ध उनकै श्रीमतिले दिइन् घरेलु हिंसाको उजुरी

काठमाडौं, २० साउन । 
भारतीय र्‍यापर हनी सिंह अर्थात् हृदयेश सिंहविरुद्ध उनकी पत्नी शालिनी तलवारले घरेलु हिंसाको मुद्दा दर्ता गरेकी छन् । 

बलिउडमा आफ्नो गीतका लागि लोकप्रिय पञ्जाबी गायक यो यो हनी सिंहविरुद्ध  पत्नी शालिनीले उजुरी दर्ता गराएपछि  दिल्लीको तीस हजारी कोर्टले हनीलाई सूचना पठाउदै जवाफ दिन अनुरोध गरेको छ। वकिलहरू सन्दीप कपुर, अपूर्व पाण्डे र जीजी कश्यपले तलवारको पक्षबाट मुद्दा दायर गरेका थिए ।

शालिनीले पति हनी सिंह विरुद्ध प्रोटेक्स अफ वुमन फ्रम डोमेस्टिक वायलोन्स एक्ट अनुसार उजुरी दिएकी हुन्। तलवारले हनी सिंहमाथि शारीरिक र मानसिक हिंसाको आरोप लगाएका छन्। मुद्दालाई मंगलबार नै मुख्य मेट्रोपोलिटन मेजिस्ट्रट तानिया सिंहको कोर्टमा पेसी चढाइएको थियो ।

अदालतले हनी सिंहलाई यस विषयमा २८ अगस्त सम्म जवाफ दिन नोटिस जारी गरेको छ । अदालतले शालिनी तलवारको पक्षमा अन्तरिम आदेश पनि जारी गरेको छ । जसमा हनी सिंहको पत्नीसँग संयुक्त स्वामित्वको सम्पत्ति बेचबिखनमा रोक लगाइएको छ । 

हनी सिंह र शालिनी तलवारको सन् २०११ मा दिल्लीस्थित एक गुरुद्वारामा विवाह भएको थियो ।