प्रतिवन्ध फुकुवापछि पूर्वी नवलपरासीको अमरापुरी सार्वजनिक भए विप्लव

प्रतिवन्ध फुकुवापछि पूर्वी नवलपरासीको अमरापुरी सार्वजनिक भए विप्लव

नवलपरासी, २१ फागुन ।
सरकारले प्रतिबन्ध फुकुवा गरेपछि तीन वर्षसम्म भूमिगत भएका नेत्रविक्रम चन्द ‘विप्लव’  सार्वजनिक भएका छन् ।

विप्लवको नवलपरासीको अमरापुरीका शहिद परिवारहरुलाई भेटघाट फोटो सार्वजनिक भएको हो । प्रतिबन्ध फुकुवा भएपछि पहिलो पटक सार्वजनिक भएका विप्लवले सहिदपरिवारसँग भेटघाटपछि शुक्रबार बिहान काठमाडौंका लागि प्रस्थान गरेका हुन् ।

आज दिउँसो २ बजे काठमाडौंमा सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र महासचिव विप्लवले एउटै मञ्चबाट सम्वोधन गर्दै छन् । प्रधानमन्त्री ओलीसँगै उनले सभागृहमा आयोजित समारोहलाई सम्बोधन गर्ने कार्यक्रम छ । सोही समारोहमा सरकारसँग भएको सहमति पत्रमा विप्लवले हस्ताक्षर गर्ने छन् ।

विप्लव कसैलाई थाहा नदिइकन काठमाडौं आउने तयारीमा रहे पनि प्रहरीले सूचना पाएपछि उनी प्रहरीको स्कर्टिङमा आज दिउँसो काठमाडौं आउदै छन्। नारायणगढबाट स्कर्टिङ गर्दै काठमाडौं ल्याउन लागिएको हो ।

सरकारसँगको वार्तामा विप्लव समूह शान्तिपूर्ण राजनीतिमा आउन सहमत भएको छ । साथै सरकारले सो समूहमाथि लगाएको प्रतिबन्ध हटाएको छ भने पक्राउ परेका नेता कार्यकर्ताहरुलाई रिहाइको सहमती भएको छ।