रक्षामन्त्री र स्वास्थ्यमन्त्री बिरुद्ध अख्तियारमा उजुरी
अनिल सापकोटा
काठमाडौं, ७ साउन ।
'इनफ इज इनफ'का अभियन्ताहरुले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रल तथा स्वास्थ्य मन्त्री भानुभक्त ढकाल बिरुद्ध छानबिनको माग गर्दै अख्तियारमा उजुरी दिएका छन् ।
आफ्नो माग सम्बोधनतर्फ सरकारको ध्यान नपुगेको भन्दै दोस्रो पटक सत्याग्रमा बसिरहेका 'इनफ इज इनफ' का अभियन्ताहरुले कोभिड-१९ को महामारीमा गरिएको खरिद तथा खर्चमा भएको भ्रष्टचार र सम्बन्धित कर्मचारी र पदाधिकारीमाथी छानबिनका लागि उजुरी दर्ता गराएका हुन् ।
स्वास्थ्य सेवा विभागले कोरोना उपकरण खरिद प्रक्रियामा दुई पटक ठेक्का सम्झौता रद्य गर्दै ओम सर्जिकल कन्सर्न प्रा. लि. लाई २४ करोड ८१ लाखमा दिइएको उक्त ठेक्कामा कमिसनको चलखेल भएको भन्दै स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, स्वास्थ्य सचिव लक्ष्मण अर्याल, स्वास्थ्य सेवा विभाग महानिर्देशक दिपेन्द्र रमणसी लगायत उक्त ठेक्का प्रकरण प्रक्रियामा संलग्न विभिन्न सम्बन्धित अन्य विभागका प्रमुखलाई तत्काल छानबिनको दायरामा ल्याउन माग गर्दै उजुरी दिएको अभियन्ता पुकार बमले बताएका छन् ।
अभियन्ताहरुले ध्यानाकर्षणका लागि दोस्रो र तेस्रो चरणमा गृह मन्त्रालय, संघिय मामिला मन्त्रालय र अर्थ मन्त्रालयमा जाने बताएका छन् ।
Facebook Comments