सांसद सरिता गिरीलाई समाजवादी पार्टीले सोध्यो स्पष्टीकरण

सांसद सरिता गिरीलाई समाजवादी पार्टीले सोध्यो स्पष्टीकरण

८ असार, काठमाडौं । 
सरकारले ल्याएको संविधान संशोधनको विरोधमा उत्रिएकी समाजवादी पार्टीका सांसद सरिता गिरीलाई पार्टीले स्पष्टीकरण सोधेको छ ।

नयाँ नक्साका आधारमा निशान छाप परिमार्जन गर्नका लागि सरकारले संविधान संशोधनका लागि सरकारले दर्ता गराएको विधेयकको विरोधमा उत्रिएकी सांसद गिरीलाई सात दिनभित्र आफ्नो स्पष्टीकरण दिन पार्टीले निर्देशन दिएको छ ।

सोमबार बसेको  सांसद पदाधिकारीको बैठकमा गिरीको विषयमा छलफल गर्दै  बैठकले सात दिनभित्र स्पष्टीकरण दिन निर्देशन हो। 

गिरीको स्पष्टीकरण आएपछि कारबाही गर्ने नगर्ने विषयमा पार्टीले थप निर्णय लिने समाजवादीको एक नेताले बताए । 

 सांसद गिरीले सरकारले संसदमा दर्ता गराएको विधेयक फिर्ता लिनका लागि संसदीय दलको कार्यालयमा प्रस्ताव दर्ता गराएकी थिइन ।

समाजवादी पार्टीका संसदीय दलले प्रस्ताव फिर्ता लिन निर्देशन दिएपनि फिर्ता नलिए दलले कारबाही गर्ने बताउदा पनि सांसद गिरीले प्रस्ताव फिर्ता लिएकी थिइनन् ।