सञ्जय कपुरकी छोरी शानायाले ‘स्टुडेन्ड अफ दि इयर–३’ बाट डेब्यु गर्ने
ऐजेन्सी, २८ जेठ ।
बलिउड अभिनेता तथा निर्माता सञ्जय कपुरकी छोरी शानाया कपुरले निर्माता करण जोहरको फिल्म ‘स्टुडेन्ड अफ दि इयर–३’ बाट बलिउडमा डेब्यु गर्ने भएकी छन्।
एक रिर्पोटले शानायाले बलिउडको शक्तिशाली फिल्म निर्माण कम्पनी धर्मा प्रोडक्शनले बनाउन लागेको करणको नयाँ फिल्मबाट डेब्यु गर्ने र यस फिल्मको निर्देशन शंशाक खेतानले गर्ने खुलाएको हो।
फिल्मको लिड रोलमा शानायासँगै लक्ष्य लालवानी र गुरफतेह सिंह रहने र फिल्म आगामी वर्ष रिलिज हुने रिर्पोटमा उल्लेख छ।
फिल्मको लिड रोलमा शानायासँगै लक्ष्य लालवानी र गुरफतेह सिंह रहने र फिल्म आगामी वर्ष रिलिज हुने रिर्पोटमा उल्लेख छ।
शानायाले फिल्म ‘गुञ्जन सक्सेना’मा पनि सहयोगीको रूपमा काम गरिसकेकी थिइन् । उनले हालै मात्र एक वेब सिरिजमा पनि काम गरेकी थिइन् ।
Facebook Comments