थप ४१८ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या २० हजार ७५० पुग्यो
१९ साउन, काठमाडौं ।
नेपालभर पछिल्लो २४ घन्टामा थप ४१८ जना कोरोना भाइरस (कोभिड-१९) का नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सोमबार नियमित मिडिया ब्रिफिङमा नेपालमा कोरोना संक्रमितको संख्या २० हजार ७ सय ५० पुगेको बताए ।
मन्त्रालयका प्रवक्ता गौतमल हाल मुलुकभर सक्रिय कोरोना संक्रमितको संख्या ५ हजार ७ सय ३२ रहेको बताए ।
यस्तै, हालसम्म १४ हजार ९ सय ६१ जना निको भएर घर फर्किएको मन्त्रालयले जनाएको छ ।
हालसम्म नेपालमा ५७ जनाको कोरोनाबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
Facebook Comments