विद्यालयको क्‍वारेन्टाइन हटाइने

विद्यालयको क्‍वारेन्टाइन हटाइने

१५ साउन, काठमाडौं । 
सरकारले विद्यायल भवन वा परिसरमा भएको शिक्षण संस्थामा क्वारेन्टाइन र आइसोलेसन सञ्चालन नगर्ने निर्णय गरेको छ । 

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै बिहीबार सरकारका प्रवक्ता एवं सञ्‍चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले विद्यालय भवन र परिसरमा क्‍वारेन्टाइन, आइसोलेसन सञ्‍चालन नगर्ने र क्वारेन्टिन र आइसोलेसनको रूपमा प्रयोग हुन छाडेका विद्यालय भवनलाई तोकिएको मापदण्डबमोजिम स्थानीय तहले निर्मलीकरण गरी अध्ययन अध्यापन गर्न योग्य बनाउने जानकारी दिएका छन् ।

विद्यालय र विद्यालय परिसरभित्र तथा विद्यार्थी आवागमनमा प्रतिकूल असर पर्ने गरी वा विद्यालय क्षेत्रको निकट हुने गरी कोभिड-१९ रोकथाम र नियन्त्रणसम्बन्धी संरचनाहरू नराख्‍ने निर्णय सरकारले गरेको छ।

कोभिड=१९ का कारण बन्द रहेका विद्यालय पुनः सञ्‍चालन लागी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय सञ्‍चालनसम्बन्धी कार्यढाँचा जारी गर्ने भएको छ ।