वरिष्ठ हास्यकलाकार हरिवंश आचार्य दम्पतीले जिते कोरोना

वरिष्ठ हास्यकलाकार हरिवंश आचार्य दम्पतीले जिते कोरोना

काठमाडौं, ६ कार्तिक । 
वरिष्ठ हास्यकलाकार हरिवंश आचार्य र उनकी पत्नी रमिला आचार्य कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएका छन् ।

उनले बिहीबार सामाजिक सञ्जालमार्फत आफू र श्रीमतीको कोरोना रिपोट नेगेटिभ आएको जानकारी गराएका छन् ।

१६ दिनअघि कोरोना भाइरसको सङ्क्रमण देखिएपछि आचार्य दम्पती होम आइसोलेशनमा बसेका थिए ।

कलाकार आचार्यले आफूहरुलाई माया गर्ने सबैलाई धन्यवाद दिएका छन ।