काइली जेनर बनिन् इन्स्टाग्राममा ३० करोड फलोअर्स कमाउने पहिलो महिला

काइली जेनर बनिन् इन्स्टाग्राममा ३० करोड फलोअर्स कमाउने पहिलो महिला

२९ पुस, काठमाडौं । 
रियालिटी टेलिभिजन स्टार काइली जेनर इन्स्टाग्राममा ३० करोड फलोअरको सङ्ख्या हुने पहिलो महिला बनेर किर्तीमान कायम गरेकी छिन् । 

पेशाले टेलिभिजन स्टार र व्यवसायी तथा एक कस्मेटिक कम्पनीकी संस्थापक काइलीले फलोअर्सको सङ्ख्यामा पप स्टार एरियाना ग्रान्डेलाई पछाडि पारेर महिलाको शीर्षस्थानमा पुगेकी हुन्।

टेलिभिजन स्टार काइली महिलाको शीर्षस्थान सँगै विश्वभर सबैभन्दा बढी फलोअर्स कमाउनेको तेस्रो स्थानमा पुगेकी छिन् । 

इन्स्टाग्राममा सबैभन्दा धेरै फलो गर्ने व्यक्तिको सूचीमा पहिलो नम्बरमा आधिकारिक इन्स्टाग्रामको खाता रहेको छ । यसको फलोअर्स चार सय ६० मिलियन छन् ।

योसँगै पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डो दोस्रो नम्बरमा छन्, जसलाई तीन सय ८९ मिलियन प्रयोगकर्ताले फलो गरेका छन् । काइली जेनर तेस्रो नम्बरमा रहेकी छिन्।