थप ७ कोरोना संक्रमितको मृत्यु, मृत्यु हुनेको संख्या ११४ पुग्यो

थप ७ कोरोना संक्रमितको मृत्यु, मृत्यु हुनेको संख्या ११४ पुग्यो

काठमाडौं, २ भाद्र । 
पछिल्लो २४ घण्टामा नेपालमा थप ७ जना कोरोना संक्रमितको  मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मंगलबार नियमित लाइभ अपडेटमा थप ७ जना कोरोना संक्रमितको मृत्यु पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११४  पुगेको बताए । 

मृत्यु हुनेमा काभ्रे, मोरङ, धनुषा, बाँके र कास्कीका १ –१ जना पुरुष रहेका छन् भने तनहुँकी एक महिला रहेकी छिन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा सोमबार साँझसम्म ५ लाख ४२ हजार ८ सय ६६ पीसीआर परीक्षण भएको छ ।