प्रधानमन्त्री अस्पतालमा भर्ना

प्रधानमन्त्री  अस्पतालमा भर्ना
तस्विर सौजन्य : द हिमालयन टाइम्स

फागुन २२, काठमाडौं । 
प्रधानमन्त्री केपी शर्मा ओली नियमित चेक जाँचका लागि अस्पताल भर्ना भएका छन्।

नियमिति चेकजाँचका लागि बुधबार बिहान टिचिङ अस्पताल परिषरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर पुगेका ओलीलाई चिकित्सकहरुले भर्ना गर्न सुझाव दिएपछि ओली भर्ना भएका हुन् ।

नियमित स्वास्थ्य परीक्षणका लागि बैंकक जानु पर्ने भए पनि समय नमिलेकाले प्रधानमन्त्री ओलीलाई त्रिवि शिक्षण अस्पतालमै स्वास्थ्य परीक्षण गर्न लागिएको प्रधानमन्त्रीको निजी चिकित्सक डाक्टर दिब्या सिंहले जानकारी दिइन् । 

पछिल्लो समय दौडधूप बढी हुँदा उनलाई अली थकान महसुस हुने समस्या देखिएको निकट स्रोत बताउछन् ।

अस्पतालले परीक्षणका लागि रगतको नमूना लिएको तथा एक्स–रे सहित अन्य परीक्षणको काम समेत भइरहेका बताइको छ । परिक्षणको रिपोर्ट बिहीबार बिहानसम्म आउने भएकाले रिर्पोट नआउदासम्म अस्पताल भर्ना गरिने प्रधानमन्त्रीका प्रेश संयोजक चेतन अधिकारीले जानकारी दिएका छन् ।