लुम्बिनी प्रदेशका काेराेना अस्पतालमा संक्रमितहरुको उपचार नि:शुल्क

लुम्बिनी प्रदेशका  काेराेना अस्पतालमा संक्रमितहरुको उपचार नि:शुल्क

काठमाडौं, ४ कार्तिक । 

मुख्यमन्त्री शंकर पोखरेलले लुम्बिनी प्रदेशको चारवटा कोरोना अस्पतालबाट संक्रमितहरुको उपचार नि:शुल्क गर्ने जानकारी दिएका छन् ।

‘लुम्बिनी प्रदेशका चारवटै कोरोना विशेष अस्पतालमा संक्रमण  देखिएकाका परीक्षण र उपचार नि:शुल्क व्यवस्था यथावत रहेको छ,’ सामाजिक संजाल फेसबुकमा मुख्यमन्त्री पोखरेलले लेखेका छन् ।

रुपन्देहीका लुम्बिनी प्रादेशिक अस्पताल बुटवल, भीम अस्पताल भैरहवा, दाङको बेलझुण्डीस्थित केन्द्रिय आयुर्वेद अस्पताल र भेरी अस्पताल बांकेलाई कोरोना विशेष अस्पतालको रुपमा छुट्याएर बिरामीको उपचार भइरहेको छ।

यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरिब, अति विपन्न तथा अशक्त बाहेकका कोरोना संक्रमितको उपचार सरकारले नगर्ने निर्णय गरेको थियो। सरकारको उक्त निर्णयपछि सरकारको आलोचना भइरहेको छ।