बारामा चट्याङ लागेर ४ महिलाको मृत्यु, ७ जना घाइते

बारामा चट्याङ लागेर ४ महिलाको मृत्यु, ७ जना घाइते

१८ असार, बारा । 
बारामा चट्याङ लागेर ४ जना महिलाकाको मृत्यु भएको छ । 

बाराको जिल्लाको कलैया नगरपालिका र फेटा गाउँपालिकाको त्रिबेणीमा चट्याङमा परी चार जना महिलाको मृत्यु भएको हो जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ ।

बिहिबार बिहान करिब साढे ७ बजेतिर परेको चट्याङ लागेर कलैया उपमहानगरपालिका १२ की ३५ वर्षीया आशा देवी र ४५ वर्षीया अलिमा खातुन तथा फेटा गाउँपालिका १ की ४० वर्षीया सुनरपती देवी र ३० वर्षीया तेंडु देवीको मृत्यु भएको बाराका प्रहरीले जनाएको छ । 

चट्याङमा परी अन्य ७ जना घाइते भएका छन् । 

चट्याङ लागेर फेंटा गाउँपालिका त्रिबेणीका बच्वा देवी, राजपती देवी, कान्ति देवी, उमा देवी, लिलावती देवी, शोशिता देवी र शीला देवी गम्भीर घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि वीरगञ्ज लगिएको छ ।