घटस्थापनादेखि ठूला ट्रकलाई काठमाडौं प्रवेशमा रोक
असोज १०, काठमाडौं ।
घटस्थापना (आइतबार) देखि काठमाडौंमा ठूला ट्रकलाई प्रवेश गर्न नदिने भएको छ ।
दशैमा हुने सवारीजाम कम गर्न ठुला सवारीलाई प्रवेश निषेध गरिएको यातायात व्यवस्था विभागले जानकारी दिएको छ
यद्यपि, अत्यावश्यक सामान बोक्ने ठुला सवारीलाई भने प्रवेश गर्न दिइने बताइएको छ । असोज १९ गतेसम्म १० चक्के लगायत ठुला सवारी प्रवेश निषेध गरिएको हो ।
Facebook Comments