प्राध्यापक संघको केन्द्रीय अध्यक्षमा डा. थापा निर्वाचित

प्राध्यापक संघको केन्द्रीय अध्यक्षमा डा. थापा निर्वाचित

भदौ ३०, काठमाडौं । 
देशभरका प्रध्यापकहरुको छाता संस्था नेपाल प्रध्यापक संघको केन्द्रिय अध्यक्षमा बुटवलमा कार्यरत प्रा. डा. बुद्ध बहादुर थापा निर्बिरोध निर्वाचित भएका छन् ।

काठमाडौमा सम्पन्न संघको १६ औं महाधिवेशनबाट डा थापालाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो । बाकी रहेका सदस्यहरुको हकमा भने कार्तिक २३ गते राजधानी काठमाडौंमा हुने निर्वाचन प्रक्रियावाट टुङग्याईने निर्वाचन समितिका संयोजक प्रा. डा. रामप्रसाद ज्ञवालीले जानकारी दिए ।

महाधिवेशनको निर्वाचन कार्यतालिका अनुशार अध्यक्षमा डा थापाको मात्र उमेदवारी परेकोले उनि निर्विरोध भएका हुन् । संघमा २० जना सदस्यहरु रहने विधान अनुशारको व्यवस्था भएपनि २१ जनाको उमेद्वारी परेकोले मतदान हुने भएको छ ।

लामो समयदेखि प्रध्यापन पेशामा रहेर वेदाग आफ्नो कार्यसम्पादन गरेका थापाले निर्वारोध भएसंगै देशभरीकै प्रध्यापकहरुको विश्वासलाई गुम्न नदिने प्रतिक्रिया दिएका छन् । उनले प्रध्यापकहरुका पेशागत धेरै खालका समस्याहरु रहेकाले सरोकारवाला निकायहसंग संवाद गरेर समाधान गरिने पनि बताए ।