पल शाह खोजी प्रकरण: प्रहरी खोजेको खोज्यै, पल भागेको भाग्यै

पल शाह खोजी प्रकरण: प्रहरी खोजेको खोज्यै, पल भागेको भाग्यै

१३ फागुन, काठमाडौं । 
बुधबार जबरजस्ती करणी गरेको आरोपमा उजुरी परेपछि प्रहरीको खोजी लिस्टमा परेका अभिनेता पल शाहलाई प्रहरीले पक्राउ गर्न खोजी कार्य तीब्र बनाएपनि शुक्रवार बेलुकासम्म पनि प्रकाउ गर्न सकेको छैन्। 

पलबिरुद्ध एक गायिकाले जबरजस्ती करणी गरेको भनेपछि ती गायिकाको परिवारले जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी दार्ता गराएका थिए ।

उक्त उजुरीपरेपछि जिल्ला प्रहरी कार्यालय तनहुँले पक्राउ पूर्जी जारी गरेर देशभरका प्रहरीलाई सर्कुलर गराएर टोलीसमेत परिचालन गरेपनि पल पक्राउ गर्न प्रहरी असफल भएको छ।

विशेषगरी उनको खोजीमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) र महानगरीय अपराध महाशाखा लागी परेको छ । उजुरीपछि उनलाई प्रहरीले खोजी थालेको समाचारहरु बाहिरिएसँगै उनी आफू बस्दै आएको क्षेत्र शान्तिनगरमा छैनन् ।

प्रहरीका अनुसार यतिबेला उनको मोवाइल लोकशनको आधारमा उनको खोजी तीव्र पारिएको छ । सो क्रममा उनको अन्तिम मोवाइल लोकेशन कोटेश्वर र ग्वार्को बीचको क्षेत्र बालकुमारी भइको पाइएको छ । बालकुमारी नजिकै मनोहरा खोला नजिकबाट उनको मोवाइल स्वीच अफ गरिएकोले लोकेशन ट्रयाक हुन नसकेको प्रहरीको भनाइ छ ।

पलले बिहीबार आफूले अपराध गरेको प्रमाणित भए कानूनी सजाय भोग्न तयार रहेको भन्दै फेसबुक स्टाटस लेखेका थिए ।

बुधवार देखि प्रहरीले सुरु गरेको पल शाह खोजी प्रकरणमा, प्रहरी पललाई खोजेको खोज्यै यता पल शाह प्रहरी छल्दै भागेको भाग्यै  ।