बैंकको एटीएम फोडिरहेको अवस्थामा एक युवक पक्राउ
चैत २७, काठमाडौं ।
राजधानीको तीनकुनेस्थित एनसीसी बैंकको एटीएम मेसिन फोडेर रकम चोर्न खोज्ने एक युवक पक्राउ परेका छन् ।
मंगलबार राति सवा ८ बजे एनसीसी बैंकको एटीएम मेसिन फोडिरहेको अवस्थामा रामेछाप घर भई काठमाडौं महानगरपालिका ३२ बस्ने १८ बर्षीय विशाल तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रहरीले उनको साथबाट एटीएम मेसिन फुटाउन प्रयोग गर्ने एउटा हतौंडा, फलामको छिनो र मार्तोल बरामद गरेको छ ।
घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Facebook Comments