पोर्न फिल्म बनाएको अभियोगमा प्रकाउ परेका राजकुन्द्रा अझै ४ दिन प्रहरी हिरासतमा रहने

पोर्न फिल्म बनाएको अभियोगमा प्रकाउ परेका राजकुन्द्रा अझै ४ दिन प्रहरी हिरासतमा रहने

ऐजेन्सी, ९ साउन ।
अश्लिल फिल्म निर्माण गरेको तथा महिलालाई अश्लिल दृश्य दिन बाध्य बनाएको आरोपमा पक्राउ परेका अभिनेत्री शिल्पा शेट्टीका श्रीमान् तथा व्यवसायी राज कुन्द्रा थप चार दिन प्रहरी हिरासतमा रहने भएका छन् । 

यसअघि २३ जुलाईसम्म म्यादसहित पुलिस हिरासतमा रहेका कुन्द्रालाई थप अनुसन्धानका लागि अदालतमा ७ दिन समय मागेको थियो ।अदालतले उनीमाथी थप अनुसन्धान गर्न २७ जुलाईसम्म बढाएको छ ।

४५ वर्षीय कुन्द्रालाई अश्लील सामग्री उत्पादन गर्ने समूहको प्रमुख सदस्य रहेको र इन्टरनेटमा राखिएका यौन भिडियोमा अश्लील दृश्य दिन केही महिलालाई बाध्य बनाएको दाबी प्रहरीले गरेको छ।

भाडामा लिइएको घरमा बनाइएका भनिएका भिडिओहरू मोवाइल एपमा राखेर बिक्री गरेको प्रहरी जनाएको छ । यस्तो एपको चार लाख जति ग्राहक रहेको र उनीहरूले २०० देखि ४०० भारतीय रुपैयाँ मासिक तिर्ने गरेको बताइएको छ। प्रहरीका अनुसार कुन्द्रा ती अश्लील चलचित्र बनाउने एक कम्पनीका मालिक हुन्।

कुन्द्रालाई उनकै मुम्बईस्थित विलासी छरबाट जुलाई २० तारिखमा गिरफ्तार गरिएको थियो।

फेब्रुअरीदेखि सुरु भएको अश्लील चलचित्रसम्बन्धी अनुसन्धानमा अहिलेसम्म नौ जना गिरफ्तार भएका छन्।