नायक पल शाह रियल हिरो अफ दि इयरबाट सम्मानित

नायक पल शाह रियल हिरो अफ दि इयरबाट सम्मानित

काठमाडौं, १६ असार । 
नायक पल शाह 'रियल हिरो अफ दि इयर' बाट सम्मानित भएका छन् । 

विगतदेखि नै सामाजिक कार्यमा सक्रिय पल कोरोना महामारी होस वा बाढी पहिरोमा परेका नागरिकका लागी खाद्यान्न तथा अन्य सहयोगका सामाग्री लिएर जनताको घरदैलोमा अहोरात्र खटिएका पल रियल हिरो अफ दि इयरबाट सम्मानित भएका हुन् ।

‘रजतपट कोशेली अभियान' का तर्फबाट उनलाई काठमाडौमा आयोजिक एक कार्यक्रममार्फत  सम्मान गरिएकको हो।

कोरोना भाइरस पीडितको उद्दार र सहयोगमा लागिपरेका पल शाहलाई सोहि सामाजिक कामको लागि यो सम्मान गरिएको रजतपट कोशेली टिमले जानकारी दिएको छ ।