यश कुमारको आपत्ती: 'खोप पनि जात हेरेर ल्याएछ सरकारले'

यश कुमारको आपत्ती:  'खोप पनि जात हेरेर ल्याएछ सरकारले'

काठमाडौं, ११ जेठ । 
कलाकार यश कुमारले कोरोनाको खोप लगाउनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भर्न लगाएको अनलाइन फारममा जात उल्लेख गर्न लगाएकोप्रति आपत्ती जनाएका छन् । 

उनले सोमवार सामाजिक सञ्जाल फेसबुकमा भिडियोमार्फत सरकारले खोप पनि जात हेरेर ल्याएछ, अब राज्य पनि जातजातकै छुट्याइदिन्छ कि? भन्दै प्रश्न गरेका छन् ।

'भारत र चीनले जात हेरेर खोप पठाएहोला सायद, त्यहिभएर यो जात छुट्याइएको होला।' उनले भनेका छन् । 

"अहिले मान्छे कसरी बाच्ने भन्ने अवस्थामा कतिखेर कसको मृत्यु हुन्न भनेर कसैले भन्न सक्दैन । मान्छे पलपलमा कसरी बाच्ने भन्ने अवस्थामा जात छुट्याइएको छ," उनले भनेका छन्, "एउटा नेपाली नागरिक भएको नाताले नागरिता देखाएर खोप लगाउन मिल्दैन ।" 

"हामी एउटौ बाटोमा हातेमालो गर्रौ भन्ने आन्दोलनमा छौँ । औषधी लगाउने जस्तो कुरामा यसरी फर्म भरेर एकअर्काको जात छुट्याइएको छ, के यो सहि हो ?" उनले प्रश्न गरेका छन् ।