जबरजस्ती करणीकाे आरोपमा पक्राउ परेका भाइरल अर्जुन धरौटीमा रिहा

जबरजस्ती करणीकाे आरोपमा पक्राउ परेका भाइरल अर्जुन धरौटीमा रिहा

कैलाली, १४ माघ ।
गत माघ ८ गते काठमाडौंको तीनकुनेबाट पक्राउ परेका  जबरजस्ती करणी मुद्दामा पक्राउ परेका अर्जुन विक धरौटीमा रिहा भएका छन् ।

केही महिना पहिले श्रीमतीले छोडेकी भन्दै छोरालाई पिठ्युमा बोकेर ठेला चलाउँदै गर्दा युट्युव तथा सामाजिक सञ्जालमा अन्तर्वार्ता दिएपछि भाइरल भएका अर्जुनलाई बिहीबार जिल्ला अदालत कैलालीले उनलाई ५० हजार धरौटीमा रिहा गर्न आदेश दिएपछि भाइरल अर्जुन रिहा भएका छन् ।   
 
जिल्ला अदालत कैलालीमा भएको थुनछेक बहसपछि अदालतले अर्जुनलाई ५० हजार धरौटीमा रिहा गर्न आदेश दिएको थियो । 

कैलालीको घोडाघोडी नगरपालिका–२ साँडेपानी स्थायी ठेगाना भएका  २४ अर्जुनले भजनी नगरपालिका वडा नम्त्रर ४ बाट १३ वर्षकी किशोरीलाई अपहरण गरी काठमाडौं डेरामा ल्याएर फरार भएका थिए।

पीडित युवतीले गत साउन ३० गते बन्धक कोठामा डर, धाकधम्की दिई जबरजस्ती करणी समेत गरेको उजुरी दिएपछि प्रहरीले उनको खोजी गरिरहेकोमा माघ ८ गते तीनकुनेबाट पक्राउ गर्न सफल भएको हो ।