विवादमा तानिए दुर्गेश थापा, बहिष्कार गर्ने दोहोरीगीत प्रतिष्ठानको तयारी

विवादमा तानिए दुर्गेश थापा, बहिष्कार गर्ने दोहोरीगीत प्रतिष्ठानको तयारी

काठमाडौं, १५ साउन । 
हरेक वर्षजसो विवादमा तानिने गायक तथा मोडल दुर्गेश थापा पुन एकचोटी विवादमा तानिएका छन् । 

गायक दुर्गेश थापाले साउनको पहिलो हप्ता बजारमा ल्याएको नयाँ  गीत  ‘बीच्च बीच्चमा ४– ख्यास्स पुतली’ विवादमा तानिएको हो। गीतले तीजको मर्म विपरीत रहेको र कला संस्कृतिमाथि प्रहार गरिएको धेरैले टीका टिप्पणी गरेका छन्। 

सो गीतले तीजको मर्ममाथी प्रहार गरेको तथा चलिआएको सस्कृति बिगार्ने भन्दै धेरै स्रोता–दर्शकहरुले सामाजिक सञ्जालमा दुर्गेशको यो गीतमाथि प्रतिवन्ध लगाउनुपर्ने माग समेत उठेको छ भने कतिपयले  भने यस्ता गीत सार्वजनिक हुँदा ‘राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान’ले के हेरेर बसेको छ रु भनेर समेत प्रश्न गरेका छन् । 

यता प्रतिष्ठानले भने आफूहरुले त्यस्ता गीत नल्याउन आग्रह गर्ने, आग्रहलाई वेवास्ता गरे संस्थागत रुपमा बहिस्कार गर्ने बताउँदै आएको छ ।

गायक दुर्गेशले सो गीत ल्याउने तयारी गरेको जानकारी पाएपछि प्रतिष्ठानले ध्यानाकर्षण गराएको थियो । 

प्रतिष्ठानले साउन ७ गते दुर्गेश थापाको नाममा ध्यानाकर्षण पत्र नै काटेको थियो । प्रतिष्ठानका अध्यक्ष रमेश बिजी र प्रतिष्ठानको विकृति विसंगती न्यूनिकरण विभाग समितिका संयोजक शिव हमालको संयुक्त हस्ताक्षरमा ध्यानाकर्षण पत्र काटिएको थियो । तर, दुर्गेशले प्रतिष्ठानको पत्रलाई वेवास्ता गर्दै गीत सार्वजनिक गरेका छन्।

प्रतिष्ठानले दुर्गेशको नाममा काटेको पत्रमा लेखिएको छ, ‘विगतका वर्षहरु जस्तै यस वर्ष पनि तीज पर्व नजिकिँदै जाँदा गीतसंगीतका माध्यमबाट आफ्ना गीति अभिव्यक्तिहरु प्रस्तुत गर्दा हजुरको आगामी तीजगीतमा प्रयोग गरिएको ‘ख्यास्स पुतली’ शब्द विषयपरक तीज गीतका नाममा समाजमा संप्रेशित हुन उचित नलागेको राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल अन्तर्गत गठित विकृति विसंगती न्यूनिकरण समितिले ठहर गरेकोले यहाँ जत्तिको सुप्रसिद्ध कलाकारले सामाजिक रुपमा पनि आफ्नो कर्तव्य र दायित्व मनन गरी उक्त प्रस्तुतीमा प्रयोग गरिएका आपत्तिजनक शब्दहरु फेरबदल गरी प्रस्तुत भईदिनुहुन ध्यानाकर्षणसहित अनुरोध समेत गर्दछौं । कलाकारितामा नैतिकता र ईमान्दारिता नै ठूलो हो न कि पैसा र चर्चा ।’

प्रतिष्ठानले तीजका गीतमा उत्ताउलो खाल्का नओस् भने केहि महिना अघिनै  बिकृति आउने खाल्का गीत नल्याउन कलाकारसासु आग्रह गरेको थियो ।