चिकित्सा शिक्षा बिधेयक : भए सर्वसहमत नभए बहुमत

चिकित्सा शिक्षा बिधेयक : भए सर्वसहमत नभए बहुमत
तस्विर सौजन्य : रिपब्लिका

अनिल सापकोटा,
माघ १०, काठमाडौं । मन्त्रीपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहेका सुचना प्रविधी तथा सञ्चार मन्त्री गोकुल बास्कोटाले चिकित्सा शिक्षा विधेयकले डा. गोविन्द केसीका मागहरु शत प्रतिशत पूरा गर्ने र यो बिधेयक संसदबाट पास हुने बताएका छन् ।

चिकित्सा शिक्षा विधेयकमा जम्मै बिधेयक जनतामुखी नै भएको अझ ती मागहरु ब्यवस्थित भएको बताउदै मन्त्री बास्कोटा भने “कुरा सिम्पल छ, सरकारले चिकित्सा बिधेयक पेश गरेको छ यो बिधेयक पास हुन्छ। गरिन्छ ।अब तपाईहरु त्यसलाई अधिनायकबाद भनेपनि दुई तिहाईको दम्भ भनेपनि जे जे भनेपनि चिकित्सा बिधेयक पास हुन्छ ।”

हावामा तरबार नचाएर निशाना भेटिदैन कसको खोजीमा तरबार चलाइदै छ के प्राप्तीको निम्ती त्यो स्पष्ट हुनुपर्ने भन्दै ब्याङग्यात्मक शैलीमा उनले भने उहाँले यो बिधेयक पढ्नुभएको छ त ? डाक्टर के सी लाई अर्कै बिधेयक पढ्न त दिइएको छैन कसैकसैले ? प्रश्न राखे ।

मन्त्री बास्कोटाले भने ‘मैले पहिले नै भनेको थिए मेडिकल शिक्षाको कुरा हो भने डाक्टर केसीका माग पूरा भइसके उहाँले उत्सव मनाउने समय हो तर उहाँले राखेका मागको निशाना अन्तै छ । ‘