सनुपको गीत ‘मेरा आकाशका तारा’ मा नीर शाहको अभिनय
काठमाडौं, २३ साउन ।
गायक तथा भ्वाइस अफ नेपालका पूर्वकोच सनुप पौडेलको स्वरमा ‘मेरा आकाशका तारा’ सार्वजनिक भएको छ ।
कलाकार नीरविक्रम शाह र गौरव विष्ट अभिनय उक्त गीतको भिडियोमा बाबुछोराको प्रेम र विछोडको कथा समेटीएको छ ।
अनुप योञ्जनको निर्देशनमा तयार भएको यो गीतको भिडियोमा ज्ञानेन्द्र शर्मा हुमागाँइको छायांकन, डिन्सन शाहको सम्पादन छ ।
सन्दिप बस्नेतको शब्दमा तयार भएको गीतमा राज सागरको संगीत दिएका छन् ।
गीतकार सन्दिपले आफ्नो पिताको सम्झनामा गीत लेखेका हुन् ।
Facebook Comments