पूर्वमिस नेपाल सदीक्षा प्रेमी राहुलसँग विवाह बन्धनमा बाँधिइन्

पूर्वमिस नेपाल सदीक्षा प्रेमी राहुलसँग विवाह बन्धनमा बाँधिइन्

२३ असार, काठमाडौं ।
पूर्वमिस नेपाल सदीक्षा श्रेष्ठ र प्रेमी राहुल मोक्तान विवाह बन्धनमा बाँधिएका छन्।

उनीहरुले मंगलबार राति काठमाडौंमा विवाह गरेका हुन्। रीधाराको सिल्भर ओके पार्टी प्यालेसमा उनीहरूको विवाह भएको हो। 

नेवारी चलअनुसार रिसेप्सनपछिको शुभ साइतमा निकट आफन्त र परिवारको उपस्थितिमा बिहे कार्यक्रम भएको थियो।

पूर्वमिस नेपालहरु र हालको मिस नेपालको ब्याच पनि विवाह समारोहमा उपस्थित थिए।

राहुल र सदीक्षा केही वर्षयतादेखि प्रेमसम्बन्धमा थिए।