‘लण्डन टु पेरिस’मा साम्राज्ञी

‘लण्डन टु पेरिस’मा साम्राज्ञी

२३ चैत, काठमाडौं । 
अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह  ‘लण्डन टु पेरिस’मा अनुबन्धित भएकी छन् । 

ट्राभल लभस्टोरी कथावस्तु बोकेको चलचित्र जेठदेखि बेलायत र फ्रान्समा छायांकन हुने जनाइएको छ । 

एबी इन्टरनेसनलले निर्माण गर्न लागेको यस चलचित्र घनश्याम लामिछानेले  निर्देशन गर्दैछन् । लामिछानेले निर्देशन गरेका  ‘धौली’ र ‘पञ्चेबाजा’ दर्शकले रुचाएका चलचित्र हुन् ।

एबी इन्टरनेसनलले बनाएको ‘सम्हालिन्छ कहिले मन’ प्रदर्शनको पर्खाइमा छ । पूजा शर्मा र आकाश श्रेष्ठको मुख्य भूमिका रहेको यो फिल्मलाई सुदर्शन थापाले निर्देशन गरेका हुन् ।