राजीनामा दिँदै शिवमायाले भनिन,"देशमा राजसंस्थाभन्दा ठूलो पितृसंस्था रहेको"

राजीनामा दिँदै शिवमायाले भनिन,

६ माघ, काठमाडौं । 
उपसभामुख शिवमाया तुम्बाहाङ्फेले आफ्नो उपसभामुख पदबाट राजीनामाको घोषणा गरेकी छन् ।

सोमबार संसद भवन नयाँ बानेश्वरमा पत्रकार सम्मेलन गर्दै तुम्बाहाङ्फेले आफू सभामुख नभए पनि संस्थालाई संविधानअनुसार सफल बनाएर छाडेको दाबी गरिन्।

पदबाट राजीनामा दिएकी शिवमाया तुम्बाहाङ्फेले देशमा राजसंस्थाभन्दा ठूलो पितृसंस्था रहेको बताएकी छन् । ‘मैले बाजी मारें। म सभामुख हुन्छु वा हुन्न दोस्रो पाटो थियो, तर मैले यो संस्थालाई सफल बनाएँ,’ उनले भनिन्, ‘देशमा पितृसंस्था यस्तो रहेछ। परिवर्तन गर्न अझै धेरै मेहनत गर्न पर्ने रहेछ। हामी सबै मिलेर राजसंस्था त फालियो। राजसंस्थाभन्दा पितृसंस्था ठूलो रहेछ।’

उनले आफ्नो ब्याकअपमा कोही व्यक्ति र संस्था रहेको आरोप लगाउनेलाई लक्षित गर्दै उनले भनिन्, ‘ब्याकअपमा को छ भन्ने प्रश्न उठेको थियो। कुनै व्यक्ति र संस्था होइन संविधान थियो। संविधानले निर्देशन नगरेको भए यो अवस्था हुने थिएन।  व्यक्ति र संस्थाभन्दा ठूलो संविधान हो।’