भारततीय सुन्दरी सन्धू बनिन् मिस यूनिभर्स

भारततीय सुन्दरी सन्धू  बनिन् मिस यूनिभर्स

२९ मंसिर, काठमाडौं ।
भारतकी हरनाज सन्धूले मिस यूनिभर्स २०२१ का उपाधि जितेकी छन्। पञ्जाबकी सन्धु मिस यूनिभर्सको उपाधि जित्ने तेस्री भारतीय युवती बनेकी छन्।

इजरेलमा भएको मिस यूनिभर्सको ७०औँ संस्करणमा मिस यूनिभर्स २०२० बनेकी मेक्सिकोकी आन्द्रेया मेजाले हरनाज सन्धूलाई उपाधि हस्तान्तरण गरेकी हुन्।

पाराग्वे र दक्षिण अफ्रिकाका प्रतिस्पर्धीलाई पराजित गर्दै सिन्धू उत्कृष्ट ठहरिएकी हुन्। सन्धू १७ वर्षको उमेरदेखि नै सुन्दरी प्रतियोगितामा सहभागी हुँदै आएकी छन्।
 

मिस यूनिभर्स बनेपछि हरनाज सन्धूले ईश्वर, घरपरिवार र मिस इन्डिया सङ्गठनलाई धन्यवाद दिएकी छन्।

प्रतियोगिताको उत्कृष्ट तीनमा परेका सबै प्रतियोगितालाई 'वर्तमान समयमा दबाव खेपिरहेका युवा महिलाहरूलाई के सल्लाह दिन चाहनुहुन्छ ? भनेर सोधिएको थियो।

उत्तर दिँदै हरनाज सन्धुले भनिन, "अहिलेका युवामा सबैभन्दा ठूलो दबाव स्वयंमा विश्वास गर्नु भएको भन्दै अरूसँग तुलना गर्न छोड्नुपर्ने तथा विश्वमा जे भइरहेको छ त्यसबारे कुरा गर्नु आवश्यक भएको बताएकी थिइन्। बाहिर निस्किनुहोस्, आफ्ना लागि बोल्नुहोस् किनभने तपाईँ नै आफ्नो जीवनको नेता हो। म आफूमा विश्वास गर्छु, त्यसैले आज म यहाँ उभिएकी छु।"